७ पुष २०८१, आईतवार

उखु किसानलाई अनुदान दिन सांसद लामाको आग्रह




काठमाडौ/ कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य तारा लामा तामाङले कञ्चनपुरका ४४७ जना उखु किसानलाई तत्काल अनुदान उपलव्ध गराउन माग गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले नेपाल सरकारले उखु किसानहरुलाई प्रति क्वीन्टल ७० रुपियाँको दरले उपलब्ध गराउँदै आएकोमा कञ्चनपुरका ४४७ जनाले अनुदान नपाएको बताए ।

उखुमा अनुदान रकम, कार्यबिधी भन्दापछि दर्ता भएका कञ्चनपुरका करिब ४४७ जना उखु किसानहरुको अनुदान रकम छुट भएपछि, जिल्ला उखु अनुदान भुक्तानी समितीले २०८० भाद्र महिनादेखि नेपाल सरकारलाई उखुको अनुदान रकम भुक्तानीको लागि माग गर्दै आएको पनि प्रतिनिधि सभा सदस्य लामाले बताए ।

भुक्तानी नभएपछि फेरि २०८१ बैशाख ४ गते भुक्तानी समितिको बैठक मार्फत नेपाल सरकारमा माग गर्दै आएको र म स्वयंले सो क्षेत्रको जनप्रतिनिधीको हैसियतले यस सदनमा र सम्बन्धित निकाय तथा मन्त्रालयमा भुक्तानीको लागि माग गर्दै आएकोमा, हालसम्म पनि अनुदान रकम भुक्तानी नभएकोले यथाशिघ्र उखु किसानहरुलाई अनुदान रकम उपलब्ध गर्न गराउन यस सदन मार्फत नेपाल सरकार संग जोडदार माग गर्दछु उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार