१० श्रावण २०८१, बिहीबार

सुदूूरपश्चिमको विकासका लागि आस्था भन्दामाथि उठौ : मन्त्री जोशी



धनगढी/ सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सुदूरपश्चिमको विकासका लागि आस्था भन्दामाथि उठेर काम गर्नु पर्ने बताएका छन् ।

सो मन्त्रालयद्धारा शनिबार धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हामीले सुन्दर सुदूरपश्चिम भनेका छौ तर व्यवहारमा पनि सुन्दर नै हुनुपर्ने चर्चा गरे ।

फरक प्रसंगमा उहाँले सुदूरपश्चिमका युवा विदेशिने खासगरेर भारत जाने अवस्थाको अन्त्य गर्न तीनै तहका जनप्रतिनीधि र सरकारले गम्भीरढंगले योजना बनाएर अघि बढ्नु पर्ने बताए ।

मन्त्री जोशीले अस्थिरताका कारण बजेटमाथि राम्रो छलफल हुन नपाएकोले सुदूरपश्चिमलाई गरे । अहिले पनि केही गर्न सक्ने अवस्था भए समेट्ने प्रयास गर्नेछु उनले प्रतिवद्धता जनाए ।

सङ्घीय मामिला तथा सामान्य मन्त्रालयले कार्यक्रममा नक्सा पास प्रक्रिया र विद्युतिय नक्सापास प्रणाली सम्वन्धमा छलफल समेत गरेको थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न पािलकाका प्रमुख÷उपप्रमुख, मुख्य सचिव डा. हरिप्रसाद लम्साल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार