१० श्रावण २०८१, बिहीबार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा क्युआर मर्चेन्टलाई सम्मान



धनगढी/ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले फोन पे क्युआर मर्चेन्टलाइ सम्मान गरेको छ । शनिवार धनगढीस्थित होटल रुबसमा आयोजित एक समारोहकाबिच रोस्यो हस्पिटालिटी प्राइभेट लिमिटेड र धनगढी टायर हाउसलाई नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको क्युआर मार्फत आफ्नो संस्थामा कारोबार गरि डिजिटल बैंकिग प्रणालीलाइ प्रबर्द्धनमा योगदान गरेको भन्दै सम्मान गरिएको छ।

सम्मान ग्रहण गर्दै रोस्यो हस्पिटालिटि प्राइभेट लिमिटेडको व्यवस्थापक हरि बस्नेत र धनगढी टायर हाउसको प्रोपेराइटर ईश्वर खड्काले विगत लामो समयदेखि नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको ग्राहकको रुपमा कारोबार गर्दा हालसम्म बैंकले प्रदान गर्ने सम्पूर्ण सेवा सुबिधामा सहज भएको र अहिलेको युग प्रबिधिकै युग भएकोले आगामी दिनमा डिजिटल कारोबारलाइ अझै बढाउदै लैजाने र बैंकले सम्मान गरेकोमा खुसी व्यक्त गरे ।

सो कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका सम्पत्ति ,दायित्व एवं मार्केटिङ ब्यवस्थापन प्रमुख जेनु थापा , डिजिटल बैंकिग विभाग प्रमुख विश्व सिंह , धनगढी प्रदेश प्रमुख तारानाथ लम्साल, मार्केटिङ म्यानेजर सृजना न्यौपाने बस्नेत, डिजिटल बैंकिग बिभागका पशुपति सुवेदी , आशिष गजुरेल र धनगढी प्रदेश अन्तर्गत रहेका विभिन्न शाखाका शाखा प्रमुख तथा विभिन्न कर्मचारीहरुको सहभागीता उल्लेखनीय उपस्थिति रहेको बैंकका धनगढी प्रदेश रिलेसनशिप अफिसर टेकराज जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार