१० श्रावण २०८१, बिहीबार

नेपाली सेनाको संयुक्त मनसुन अभ्यास



काठमाडौ/ मनसुनजन्य विपद्बबाट जोगिन नेपाली सेनाको अगुवाइमा विभिन्न सरोकारवाला निकायसँग संयुक्त अभ्यासको चौँथो संस्करण भएको छ ।

मनसुनजन्य प्राकृतिक प्रकोपको नियन्त्रण तथा बाढी पहिरोजस्ता विपद्मा परेका पीडितको शिघ्र उद्दार र राहतको लागि सो अभ्यास आयोजना गरिएको नरसिहंदल गणका गणपति प्रमुख सेनानी प्रमोदकुमार शर्माले जानकारी दिए। उनका अनुसार, अभ्यासमा उद्दार तथा राहत सामग्रीको समेत प्रदर्शन गरिएको थियो ।

काठमाडौंको टौदहमा भएको सो कार्यक्रम तीन चरणमा गरिएको हो । अन्तिम दिन संयुक्त अभ्यासबाट सिकेको बिषय विद्यार्थी र सर्वसाधारणमाझ प्रदर्शन गरिएको थियो । त्यसमा छवटा विभिन्न विषयमा प्रदर्शन गरिएको सेनाले जनाएको छ ।

अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसका प्रतिनिधि र स्थानीय स्वयम्सेवक समेत संलग्न थिए । नेपाली सेनाको स्थानीय युनिटको पहलमा ७७ जिल्लामा मनसुन सुरु हुनुअघि सो अभ्यासको आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार