७ पुष २०८१, आईतवार

जनसाँस्कृतिक महासंघ नेपालले गर्यो जनकलाकार विसीलाई सम्मान




धनगढी/ जनसाँस्कृतिक महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितिले जनकलाकार विष्ना विसी (सपना) सम्मान गरेको छ । जनसाँस्कृतिक महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितिले शनिबार धनगढीमा आयोजना गरेको तेस्रो प्रदेश सम्मेलनमा विसीलाई सम्मान गरेको हो ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव, सुदूरपश्चिम प्रदेश ईन्चार्ज एवम् प्रदेश सम्मेलनका प्रमुख अतिथि गिरीराज मणि पोख्रेलले जनयुद्धका जनकलाकारले साँस्कृतिक क्रान्ति गरेर लोकतान्त्रिक गणतन्त्र स्थापनामा खेलेको भूमिकाको प्रशंसा गर्दै दोसल्ला ओढाएर सम्मानपत्रले बिसीलाई सम्मान गरेका थिए ।

जनयुद्ध हुँदै अहिलेसम्म निरन्तर देश र जनताका पक्षमा जनवादी गीत गाउँदै आएकी विसीले परिवर्तनका लागि गरेको योगदानको मूल्याकंन गर्दै सम्मान गरिएको जनसाँस्कृतिक महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष सिवी चन्दले बताए ।

राजनीतिमा लागेकाहरुले असल सोच राखेर देश जनताका पक्षमा सेवाभावले काम गर्ने हो । आफूले केही पाउनकै लागि कुनैपनि सोच राखेर काम नगरेको भन्दै योगदानको मूल्याकंन गर्दै आफूलाई सम्मान गर्ने जनसाँस्कृतिक महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितिलाई विसीले धन्यवाद दिएकी छन् । आफूलाई सम्मानको लायक बनाउने पार्टी, जनता र समाजप्रर्ति विसीले सम्मान व्यक्त गर्दै साँस्कृतिक आन्दोलनमा सधैं लागिपर्ने बताइन् ।

कलिलै उमेरमा स्कूल पढ्न छोडेर जनयुद्धमा होमिएकी विसी २०५८ सालदेखि जनयुद्धमा भूमिगत भएर अहिलेसम्म निरन्तर पार्टी निमार्ण र विस्तारमा सक्रिय भएर लाग्दै आएकीछन् । जनयुद्धदेखि अहिलेसम्म देश र जनताको पक्षमा निरन्तर जनवादी गीत गाउँदै परिर्वतनका लागि जनसांस्कृतिक आन्दोलन गर्दै आएको जनयुद्धका चर्चित जनकलाकार एमबी सर्वहाराले बताए ।

जनसांस्कृतिक आन्दोलन आफूले हाँकी रहेको बेलामा विसी सबैभन्दा सानो उमेरको र सबैको जनप्रिय कलाकारको रुपमा स्थापित भएको सर्वहाराले विगत सम्झिए । विसीले हिजोदेखि आजसम्म निरन्तर जनताकै बीचमा रहेर परिवर्तनका गीत गाउँदै आएको सर्वहारा बताउछन् ।

तत्कालीन अछाम भैरवस्थान थालपाटा घर भएकी विसीले परिवारबाटै पहिलो विद्रोह गरिन् । नेपाली कांग्रेसबाट सक्रिय राजनीति पृष्ठभूमी भएको परिवारबाट उनले जनयुद्धको बाटो रोजिन र माओवादी बनिन् । विद्यार्थी संगठन र साँस्कृतिक आन्दोलनबाट राजनीति सरु गरेकी विसीले बिशु सांस्कृतिक परिवारमा जनकलाकारको जिम्मेवारीमा रहेर काम गरिन् ।

जनयुद्धको समयमा यरिया कलाकारको कमिसार हुँदै, रामारोशन जनसाँस्कृतिक परिवार, सेतीमहाकाली लेखक संघ सदस्य र अखिल नेपाल लेखक संघको जिम्मेवारीमा रहेर पनि विसीले कामगरि सकेकी छन् । त्यसैगरी पार्टी वडा अध्यक्ष हुँदै अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला कोषाध्यक्ष, क्रान्तिकारी पत्रकार महासंघ सदस्य र वडा नागरिक मञ्चको संयोजक समेत भएर सामाजिक परिवर्तनका लागि आफूले काम गरेको विसी बताउँछन् ।

महिला जागरण केन्द्र नेपालकी अध्यक्ष विसी विभन्न संघसंस्थाको जिम्मेवारी पदमा आवद्ध भएर कामगर्दै आइरहेकी छन् । गायनसंगै साहित्यमा सक्रिय रुपमा विभेदका विरुद्ध परिवर्तनका पक्षमा कलम चलाउँदै आएकी बिसी समाजमा सम्मानित हुँदै आएको शिक्षक कृष्ण विकले बताए । जसरी समाजले विसीको सामाजिक योगदानको मूल्यांकन गरेर सम्मान गर्दै आएको छ त्यसैगरी पार्टीले पनि पार्टीमा गरेको योगदानको मूल्याकंन गर्दै राजनीतिक न्यायोचित व्यवहार गर्नुपर्ने उनले बताए ।

क्रान्तिकारी छवी भएकी विसीले सामाजिक विभेदका विरुद्ध दोस्रो विद्रोह गरिन् । परिवारले रोक्न खोज्दाखोज्दै पनि कैलाली लम्कीचुहामा बस्ने पत्रकार तथा मानवअधिकारकर्मी धनराज विक (अविरल) संग २०६५ सालमा अन्तरजातीय विवाह गरिन् । बिसीले दलितसंग विवाह गरेर सामाजिक परिवर्तनको सुरुवात आफैबाट गरिन् । विवाहपछि अछामबाट पार्टी जिल्ला सदस्यको सरुवा गरेर कैलालीबाट उनले सक्रिय राजनीतिक गर्दै आएकी छन् ।

पार्टी राजनीतिमा विभिन्न खाले उत्तरचडाब र कठिन परिस्थिति आउँदा पनि मैले जनयुद्ध र संस्थापन पक्षको मार्ग छोडिन । विभिन्न खालका पद र प्रतिष्ठाका माग ल्याएर मलाई भेट्न अन्य रानीतिकदल घरमै आए पनि आफू पद र प्रतिष्ठामा नलोभिएको विसी बताउँछन् । माओवादी पार्टीको इमानदार र असल पार्टी कार्यकर्ता भएर जनयुद्धबाट प्राप्त शासन व्यवस्था र परिर्वनलाई संस्थागत गर्न आफूसधैं लागिपर्दै आएको र लागि पर्ने विसीले बताइन् ।

उनले भनिन्, “राजनीति सेवाभावले गर्ने हो अवसरवादी सोच राखेर कसैले पनि राजनीति गर्नु हुँदैन् । जनताको बीचमा गएर पार्टी निमार्ण र विस्तारमा लागेकाहरुको सही मूल्याकंन गर्न पार्टी भने चुक्नु हुँदैन् । माओवादी पार्टी र देशलाई आवश्यक परेकोबेला फेरि पनि परिवर्तनका लागि जस्तोसुकै त्याग गर्न तयार छु ।”

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् नेपाल दलित मुक्तिमोर्चा केन्द्रिय सदस्य विष्नाकुमारी विसी (सपना) लाई पार्टीले २०८० को निर्वाचनमा सुदूरपश्चिम प्रदेश समानुपातिक सदस्यका लागि सिफारिस गरेर पठाएको थियो । प्रदेश कमिटीले समानुपातिक सदस्यमा नाम सिफरिस गरेर पठाएपनि बन्द सुचिमा भने विसीको नाम परेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार