२ जेष्ठ २०८१, बुधबार

बझाङमा एमालेका भण्डारी २६७ मतान्तरले विजयी



बझाङ/ बझाङमा नेकपा (एमाले) का दमनबहादुर भण्डारी २६७ मतान्तरले उपचुनाव अन्तर्गत बझाङ १ प्रदेश सभा (क) मा विजयी भएका छन्। नेपाली काँग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै उनी विजयी भएका हुन्।

एमालेका भण्डारीले ११ हजार ६१३ मत ल्याउँदा कांग्रेसका सिंहले ११ हजार ३४६ मत ल्याए।

यस्तै यहाँ नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार ८३१ मत पाएका छन् । यस्तै नेकपा ( एककिृत समाजवादी ) का दिलबहादुर सिंहले दुई हजार ५१४ मत ल्याएका छन्।

प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा थिए। प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि यहाँ उपनिर्वाचन गरिएको थियो।

कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन्। गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ १२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३७६ मत पाएका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार