१९ बैशाख २०८१, बुधबार

मुख्यमन्त्री सोडारीद्धारा मन्त्री परिषद विस्तार, नाउपाका चौधरी भौतिकमन्त्री



धनगढी/ बिहीबार नियुक्त सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पहिलो पटक मन्त्री परिषद विस्तार गरेका छन् ।

मन्त्री परिषदमा विस्तार गर्दा नागरिक उन्मुक्ती पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री बनाइएको छ ।
उनलाई प्रदेश प्रमुख नाजिर मियाले मुख्यमन्त्री सोडारीको उपस्थितिमा बिहीबार राति नै पद तथा गोपनियताको सपथग्रहण गराए ।

चौधरी र अर्का प्रदेश सभा सदस्य टीका थापालाई विना विभागिय मन्त्री बनाउन खोजिएको थियो । तर चौधरीले विना विभागिय मन्त्री बन्न नमानेपछि केही समयको रस्साकस्सीपछि चौधरीलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । थापालाई पनि केही दिनमै मन्त्री बनाउने चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार