१७ बैशाख २०८१, सोमबार

संसदीय समितिले सहकारीवाला र गृहमन्त्री रवि एकै हुन कि फरक छुट्याउनुपर्छ : महामन्त्री थापा




धनगढी/ नेपाली कांग्रेका महामन्त्री गगन थापाले सहकारी विवादित रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एउटै हुन कि फरक हुन भन्ने कुरा संसदीय समितिले छुट्याइ दिनु पर्ने बताएका छन् ।

मंगलबार धनगढीमा भएको समुदयमा कांग्रेस अभियान कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेपाल प्रहरीले रवि लामिछाने चिन्न नसेकेको चर्चा गर्दे संसदीय समितिले चिनाइ दिनु पर्ने बताए ।

उनले भ्रष्टाचारीको कुनै जात, पार्टी, धर्म नहुने भएकोले त्यस्ता जो सुकैलाई पनि कारवाही गर्नुपर्ने बताए । उनले तीनै तहका सरकार भ्रष्टचारमा लिप्त छन् भन्ने पनि सत्य नभएको बताउदै केही जनप्रतिनिधि र कर्मचारीका कारण सबै बदनाम भएको उल्लेख गरे ।

महामन्त्री थापाले भने संघले प्रदेशलाई अधिकार दिनु पर्ने छ, प्रदेशले पनि स्थानीय तहको अधिकार अतिक्रमण गर्नु हुँदैन ।
मुलुकमा सानासाना दोकानले घर झगडा बढाएकोले तिनीहरु बन्द गर्ने गरेर काम गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए । उनले रेशम रन्जिता विवादलाई सङ्केत गर्दै त्यस्तो बताएका हुन ।

उनले कांग्रेसले आगामी एक वर्षसम्म सरकारमा जान नहुने बताए । उनले २०८१ साल भरि सिंहदरबारतिर फर्केर नहेरौँ । बालुवाटारतिर पनि फर्केर नहेरौँ, आगामी निर्वाचनमा कांग्रेसले कसैसँग पनि तालमेल नगर्ने र एमालेले पनि गर्न नहुने बताउदा ताली पाएका थिए ।

गठबन्धन नगर्ने नीति लिँदा गुटबन्दी पनि अन्त्य गर्नुपर्ने उनले बताए । उनले सरकारमा मन्त्री बन्दा गुट बलियो बनाउने गरेर लागेको आरोप लगाएको बताउदै देश बनाउन लाग्नु पर्ने जिकिर गरे । उनले अहिले मिसन ८४ होइन शुसासन र विकासको विषयमा छलफल गर्नु पर्ने बताए ।

महामन्त्री थापाले उद्योग चलाउने अवसर गुमाइ सकेको बताउदै अब कृषि र सूचना प्रविधिलाई बलियो बनाउनु पर्नेमा जोड दिए । उनले सूचना प्रविधिका लागि विद्यार्थीको गणित, विज्ञान र अंग्रेजीमा सुधार गर्नुपर्ने पनि बताए ।

गेटामा मेडिकल विश्वविद्यालय स्थापना हुने बताउदै उनले देशभर लागु औषधको समस्या युवा ग्रसित भएकोले त्यसका विरुद्ध तरुण दलले देशव्यापी सचेतना अभियान चलाउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार