१७ बैशाख २०८१, सोमबार

मुख्यमन्त्रीमा सोडारीलाई अघि सार्ने समाजवादीको निर्णय




धनगढी/ नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको बैठकले दलका नेता रहेका दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको छ ।

प्रदेश प्रमुख नजिर मियाले नागरिक उन्मुक्तीका दुईवटै दावेदारलाई अस्वीकृत गरेपछि उत्पन्न परिस्थिति पछि सो दलले सोडारीलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेका दलका उपनेता प्रकाशबहादुर रावलले बताए ।

समाजवादीका स्थायी समितिका सदस्य उर्वादत्त पन्तको आथित्यतामा सो निर्णय भएको उपनेता रावलले बताए । बैठकमा संसदीय दलका चारै जना सदस्यको उपस्थिति रहेको थियो ।

सो निर्णय मंगलबारे दिउँसो नै गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार