१७ बैशाख २०८१, सोमबार

कांग्रेस, एकीकृत समाजवादीको समर्थनमा लक्ष्मणकिशोर मुख्यमन्त्रीको दावी गर्दे




धनगढी/ सुदूरपश्चिममा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) को समर्थनमा नागरिक उन्मुक्तीको रेशम पक्षका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दावेदारी प्रस्तुत गर्ने भएका छन् ।

प्रदेश प्रमुख नाजिर मियाले दिएको १० दिने समयसीमा आज साँझ ५ बजे सकिनै लाग्दा लक्ष्मणकिशोरले मुख्यमन्त्रीमा दावेदारी गर्ने भएका हुन ।

एकीकृत समाजवादीलाई दिने भनिएको मुख्यमन्त्री पद अन्तिममा उन्मुक्तीको रञ्जिता पक्षलाई दिने सहमति काठमाडौमा शिर्ष नेताबीच भएपछि समाजवादी अर्को कांग्रेस निकट उभिने भएको हो ।

सो समिकरणमा कांग्रेसका १८, उन्मुक्तीका चार, समाजवादीका चार र स्वतन्त्र १ गरेर २७ जना प्रदेश सभा सदस्य रहने दावी गरिएको छ । प्रदेश सरकार बनाउनका लागि २६ जना आवश्यक पर्छ । ५३ सदस्यीय प्रदेश सभामा हाल ५१ जना कायम रहेका छन् ।

विश्वासको मत नपाउने भएपछि नेपाली कांग्रेसका दलका नेता कमलबहादुर शाहले चैत २२ गते पदबाट राजीनामा दिएका थिए । मुख्यमन्त्री शाहले राजीनामापछि प्रदेश प्रमुखले १० दिने समयवावधी दिएर चैत २३ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ बमाजिम सरकार गठन गर्न आव्हान गरेका थिए ।

हालका मुख्यमन्त्री शाह निकट नेपाली कैलालीका सचिव नृपबहादुर सुनारले केही समयपछि प्रदेश प्रमुखकोमा गएर उन्मुक्तीका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीको दावेदारी प्रस्तुत गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार