१८ बैशाख २०८१, मंगलवार

घोडाघोडीमा पासोमा मृत भेटिए संगै सुतेका दिदीबहिनी



धनगढी/ घोडाघोडी नगरपालिका वडा नम्बर १० थेवरस्थित कलेशु चौधरीका संगै सुतेका दुई छोरी मृत फेला परेकी छन् । उनीहरु घरको माथिल्लो तलामा अलगअलग पासो लगाएर मृत अवस्थामा भेटिएका हुन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत फेला पर्नेमा उनकी छोरीहरू वर्ष २७ की श्रीमालु चौधरी र वर्ष २२ की ईन्द्रा चौधरी रहेका छन्।

सो घर काठले बनाएको टिनले छाएको छ । उनीहरु आफ्नै सुत्ने कोठाको बल्लीमा दोपट्टाको पाँसो लगाई झुन्डिएको भेटिएको प्रहरीले जनाएको छ।

अहिले घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार