१८ बैशाख २०८१, मंगलवार

सुदूरपश्चिमकी नाउपा प्रदेश सभा सदस्य गिरी पदमुक्त



धनगढी/ सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रदेशसभाका समानुपातिक सदस्य इन्दिरा गिरीलाई सोमबार (आज) पदमुक्त भएकी छन् ।

उन्मुक्तीका अध्यक्ष रन्जिता श्रेष्ठले गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गरेपछि सभामुखले उनलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका हुन ।

सभामुख भण्डारीले राजनीतिक दल सम्वन्धी ऐन, २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न निर्देशन दिएको प्रदेश सभा सचिवालयका सचिव देवहादुर बोगटीद्धारा जारी सूचनामा उल्लेख छ ।

सो दफा अनुसार सम्वन्धित दलको सिफारिसमा प्रदेश सभा सदस्य हटाएको सूचना प्रदेश सभा सञ्चालन भए सभामा नत्र सूचना पाटीमा टाँस गर्ने उल्लेख छ । दफा ३६ मा त्यसरी सूचना टाँस भएपछि प्रदेश सभा सदस्यको पद रिक्त हुने उल्लेख छ ।

प्रदेश सभामा सात सदस्य रहेको उन्मुक्तीका अव छ सदस्य रहेका छन् । उन्मुक्तीले गिरीको ठाउँमा अर्को नेताको नाम सिफारिस गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार