२२ बैशाख २०८१, शनिबार

पार्टी भन्दामाथि उठेर मलाई जनताले भोट दिन्छन् : कांग्रेस उम्मेदवार सिंह




धनगढी/ नेपाली कांग्रेसबाट बझाङ प्रदेश सभा क बाट उम्मेदवार बन्नु भएका अभिषेक सिंहले जनताले पार्टी भन्दामाथि उठेर आफूलाई मत दिने बताएका छन् ।

शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जनताले पार्टी भन्दा पनि विकास गर्न सक्नेलाई विश्वास गर्ने भएकोले आफूले जित्नका लागि आवश्यक मत पाउने विश्वास गरे ।

उनले भने, कांग्रेसबाट उम्मेदवारका आकांक्षी हुनु भएका १० जना आफूलाई जिताउन लाग्ने बताउदै त्यो उहाँहरुको दायित्व भएको पनि हो । उम्मेदवार सिंहले सुखी बझाङ, समृद्ध बझाङ भन्ने आफ्नो मुल नारा भएको बताउदै चीनको तिव्वतसंग जोडिने गरेर ताक्लाकोट नाका खोलेर बझाङका जनतालाई आर्थिकरुपमा बलियो बनाउनु पर्ने धारणा राखे ।]

उनले आफूलाई स्व. बुवा पृथ्वीबहादुर सिंहको कारण सहानुभूतिका मत पनि आउने दावी गरे ।

प्रदेश सरकारका तत्कालिन आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका तथा बझाङ क बाट निर्वाचित सिंहको केही महिनाअघि सडक दुर्घटनामा परेर गत असारमा मृत्यु भएकोले सो क्षेत्रमा बैशाख १५ गते निर्वाचन हुन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार