२२ बैशाख २०८१, शनिबार

सुदूरपश्चिममा १० दिन भित्र सहमतिय सरकारको बनाउन आब्हान




धनगढी/ सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाले शुक्रबार दिउँसो विज्ञप्ती जारी गर्दे नेपालको संविधानको धारा १६८ उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि १० दिन भित्र दाबी पेश गर्नु आब्हान गरेका छन् ।

सो धारा अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ राजीनामा दिएपछि प्रदेश प्रमुख मियाले नयाँ सरकार गठनका लागि आब्हान गर्नु भएको हो ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना सदस्य रहेका छन् । नयाँ सरकार बनाउन २७ जनाको समर्थन आवश्यकपर्छ । सङ्घीय सरकार अनुसार गठवन्धन बनाउन आवश्यक संख्या भन्दा बढी ३१ जना प्रदेश सभा सदस्य छन् । तर सात सदस्य रहेको नागरिक उन्मुक्ती पार्टी आन्तरिक विवादमा फसेकोले नयाँ सरकार बन्न कठिनाइ भइरहेको छ ।

सङ्घीय सरकारमा रहेका नेकपा (एमाले), नेकपा ( माओवादी) संग १०/१० जना र नेकपा (एकीकृत समाजवादीसंग चार जना प्रदेश सभा सदस्य गरेर २४ मात्र रहेका छन् । एमाले, माओवादी, एकीकृत समाजवादीका शिर्ष नेतका बीचमा सुदूरपश्चिमका पहिलो चरणमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । सो सहमति अनुसार काठमाडौमा रहेका प्रदेश सभा सदस्यहरु धनगढी आएपछि सरकार दाबी पेश गर्ने प्रयास हुने बताइएको छ ।

प्रदेश सभामा नेपाली कांग्रेसका १८, राप्रपा र स्वतन्त्रका १÷१ जना प्रदेश सभा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार