२० बैशाख २०८१, बिहीबार

श्री एअरलायन्सको जहाज पोखरा पुगेपछि



धनगढी/ धनगढीबाट आज (शुक्रबार) विहान १० बजे काठमाडौका लागि उडेको श्री एअरलाइन्सको इन्डिकेशनमा समस्या आएपछि पोखरा ल्याण्ड गरिएको छ ।

धनगढीबाट उडेको जहाज पोखरामा अवतरणमा भएको खबर प्राप्त भएको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले बताए।

उनका अनुसार इन्डीकेशन समस्या आएकाले जहाज अन्तै डाइभर्ट भएको हो। जहाजका यात्रुका अनुसार अहिले पनि जहाज पोखरामै छ।

एक साता अघि मात्र धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयर लाइन्सको जहाज दुई घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरहवामा आपतकालीन अवतरण गरिएको थियो। त्यतिबेला भने मौसम खराब भएका कारण काठमाडौमा जहाज अवतरण हुन नसकेकोले भैरहवा लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार