१७ बैशाख २०८१, सोमबार

अभिषेकलाई कांग्रेसले बनायो बझाङ प्रदेशसभा १ को उम्मेदवार




धनगढी/ नेपाली कांग्रेसले बहुप्रतिक्षित बझाङ प्रदेशसभा १ को उम्मेदवारमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पुराना नेता जगतप्रसाद जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको थियो । देउवाले सिंह र नेता शेखर कोइरालाले जोशीको नाममा अडान लिएका थिए ।

सो क्षेत्रमा एमालेले जिल्ला अध्यक्ष दमन भण्डारी र एकीकृत समाजवादीले दीलबहादुर सिंहलाई उम्मेदवार बनाइ सकेको छ । माओवादीले भने अझै उम्मेदवारको नाम सार्वजनिक गरेको छैन ।

यद्यपी प्रदेश कमिटीको सचिवालयले प्रदेश सचिव जनक बुढाको नाम सिफारिस गरिसकेको छ । माओवादी र एमालेबीच तालमेल हुने चर्चा पनि चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार