४ आश्विन २०८१, शुक्रबार

जापानबाट आएका रेशमलाई राजा भन्दै रञ्जिताले गरिन स्वागत



धनगढी/ नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पति रेशमलाल चौधरीको उनकी पत्नी एवं पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले स्वागत गरेकी छन् ।

आज (शनिबारज) जापान यात्राबाट नेपाल फर्किएका रेशमलाई रञ्जिताले एयरपोर्टमै पुगेर स्वागत गरेकी हुन्। उनले स्वागत छ राजा भन्दै अंगालो हालेर रेशमलाललाई स्वागत गरिएको फेसबुकमार्फत जानकारी दिएकी छन् ।

पूर्वमन्त्रीसमेत रहेकी रेशमकी पत्नी र रेशमबीच पछिल्लोसमय सम्बन्ध बिग्रेको चर्चाका बीच उनले एयरपोर्टमै पुगेर स्वागत गरेकी हुन् ।

उनीहरूबीच राजनीतिक कारणले मतभेद छताछुल्ल भएकै बेला पारिवारिक सम्बन्ध पनि बिग्रेको बताइन्छ । केही समय अगाडि रेशमले पनि सोसल मिडियामै आन्तरिक मतभेद रहेको कुरा स्पष्ट पारेका थिए । रेशमकी दोस्री पत्नी पनि छन् ।

केन्द्रमा रेशमको इच्छाबेगर माओवादी केन्द्र–एमालेसहितको नयाँ राजनीतिक गठबन्धनको सरकारलाई पत्नीले समर्थन गरेर सुदूरपश्चिमका सवालमा पनि फरक मत राखेपछि उनीहरूको आन्तरिक विवाद चुलिएको हो ।

२२ गते सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत लिइसक्नु भएकोले रेशम आएपछि ठोस निर्णय आउने अपेक्षा गरिएको छ । उन्मुक्ती निकट स्रोतका अनुसार उनीहरुलाई मिलाउनका लागि पार्टी भित्रैबाट पनि प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार