१९ बैशाख २०८१, बुधबार

बझाङकी युवती गिरी धनगढीमा मृत भेटिइन




धनगढी/ बझाङ स्थायी घर भएकी २१ वर्षीया महेश्वरी गिरी धनगढीमा मृत अवस्थामा फेला परेकी छन्। आज (शनिबार) धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ मा ती युवती मृत फेला परेकी हुन्।

प्रहरी स्रोतका अनुसार गिरी भान्सामा झुन्डिएको अवस्थामा फेला परेकी हुन्। धनगढीकै ऐश्वर्य बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत गिरी ठूलबुवाको घरमा धनगढीमा बस्दै आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार