१५ बैशाख २०८१, शनिबार

धनगढीबाट उडेको श्री एअरको जहाज साढे दुई घण्टापछि भैरहवा अवतरण भएपछि



धनगढी/धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयर लाईन्सको जहाज दुई घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरहवामा अवतरण गरिएको छ ।

धनगढीबाट ७ : २२ बजे उडेको सो जहाज मौसम खराव हुँदा काठमाडौबाट फर्किएर भैरहवामा आपतकालीन अवतरण गरिएको हो । धनगढी काठमाडौको उडान समय ५० मिनेट हो ।

८० सिट क्षमताको जहाजमा ७७ जना यात्रु सवार थिए । त्यसमध्ये दुई जना बच्चा पनि थिए । धनगढीबाट उड्दा काठमाडौको मौसम ठिक थियो तर एकाएक विग्रेपछि जहाज भैरहवा पुगाइएको हो श्री एयरका धनगढीमा प्रमुख गजेन्द्रबहादुर शाहीले भने नेपालगञ्जबाट उडेको जहाज पनि भैरहवा अवतरण गरिएको छ ।

धनगढीबाट उडेको जहाजले काठमाण्डौंको आकाशमा डेढ घण्टाभन्दा फन्को लगाउदा पनि जहाज ल्याण्ड हुन सक्ने गरेर मौसम सुधार भएन त्यसपछि भैरहवा लगिएको हो प्रमुख शाहीले भने ।

जहाज ल्याण्ड हुन नसकेका कारण चालक र परिचालकले यात्रुलाई नबताएपछि यात्रुहरुबीच रुवावासी चलेको थियो । कैयौ यात्रु भैरहवा पुग्दासम्म रोइरहेका थिए ।

प्रमुख शाहीका अनुसार जहाजमा थप एक घण्टा उडाउन मिल्ने फ्युल थियो त्यसैले यात्रु आत्तिन जरुरी थिएन । सो जहाज भैरहवाबाट काठमाडौ उड्ने तयारीमा रहेको पनि शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार