१५ बैशाख २०८१, शनिबार

उन्मुक्तीको बैठक जारी, प्रदेश सरकार बारे के निर्णय गर्ला



धनगढी/ सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारमा सहभागिताको विषयमा छलफल गर्नका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संस्थापक केन्द्रीय सदस्यहरुको बैठक कैलालीको टीकापुरमा जारी छ । सो पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा बैठक बसिरहेको छ ।

बैठकमा उन्मुक्तीका संस्थापक र सांसदहरुको उपस्थिति छ। बैठकमा संस्थापक २१ जना र सांसद १६ जना सहभागी छन् । संरक्षक रेशम चौधरी भने विदेशमा रहेकाले यो बैठकमा सहभागी छैनन् ।

अध्यक्ष चौधरीले यो बैठकले सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे निर्णय लिने बताइन ।

एमाले(माओवादी(रास्वपासहितको नयाँ गठबन्धनमा सहभागी हुने कि नहुने भन्ने विषयमा अध्यक्ष रञ्जिता र उनका श्रीमानसमेत रहेका संरक्षक रेशम चौधरीको विचार बाँझिएको छ ।

रेशमको स्वीकृतिमा नाउपा सुदूरपश्चिम र लुम्बिनी सरकारमा सहभागी छ । तर रञ्जिता भने सरकारबाट फिर्ता हुनुपर्ने र नयाँ सत्ता समीकरणमा सहभागी हुनुपर्ने पक्षमा छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार