१६ बैशाख २०८१, आईतवार

सम्पर्कमा आइन धनगढीका नगर प्रमुख हमालकी छोरी



धनगढी/ धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी जेठी छोरी आरती हमाल सम्पर्कमा आएकी छन् । उनी सोमबार भारतको गोवाबाट सम्पर्कबिहिन भएकी थिइन ।

मेयर हमालले सामाजिक सञ्जालमा सार्वजनिक गरेको विवरण अनुसार आरती कान्छी छोरी आर्जुको सम्पर्कमा आएकी हुन । आर्जु दम्पती आरतीको खोजीको लागि गोवा पुगेको थिए ।

मेयर हमालले आफ्नो छोरी सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको पनि उल्लेख गरेका छन् ।

आरती ओशो साधक हुन । त्यसक्रममा उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन । उनी सोमबार भारतको गोवाको जोरबा वाइब आस्बिन ब्रीजबाट सम्पर्कबिहिन भएकी थिइन ।

आरतीका साथीहरुले आर्जुलाई खवर गरपछि उनी हराएको खवर सार्वजनिक भएको थियो । यसअघि धनगढीका मेयर हमालले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै आफ्नो छोरीको खोजी कार्यका सहयोग गर्न भारतको गोवामा बस्ने नेपालीहरुलाई आग्रह गरेका थिए ।

मेयर हमालले गोवामा रहेर खोजी कार्यमा सहयोग गर्नेहरुलाई सामाजिक सञ्जालबाट धन्यवाद पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार