१६ बैशाख २०८१, आईतवार

प्रदेश प्रमुख मियाले भने : देशलाई धार्मिक द्धन्द्धमा फस्न नदिने गरेर काम गरौ




धनगढी/ सुदूरपश्चिम प्रदेशका प्रमुख नाजिर मियाले धार्मिक र जातिय द्धन्द्ध निक्कै खतरानाक हुने भएकोले त्यस्ता गतिविधि हुन नदिन र सबै जातजाति, धर्मका मानिस बस्न र खेल्न पाउने वातावरण बनाउन सँधै लागि रहनु पर्ने बताएका छन् ।

आइतबार धनगढीमा अन्तर धार्मिक सदभाव संघ नेपाल रुपन्देहीले उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन । सो अवसरमा बोल्दै उनले धार्मिक सहिष्णुताका साथ मुलुकमा शान्ति कायम गर्न सबै पक्षको योगदान आवश्यक हुने बताए । उनले कुनै धर्ममाथि कसैले हस्तक्षेप गर्न नमिल्ने पनि बताए ।

धर्म कुनै अतिबादी र आतंककारी हुँदैन त्यस्ता गतिविधि गर्नेहरु व्यक्ती हुन, ती अवसरबादी हुन अवसरबादीका पछाडि लाग्नु हुँदैन उनले भने, पश्चिम देशहरुले इस्लामलाई आतंकवादी भनेर बदनाम गर्ने त केहीले हिन्दुलाई अतिवादी भन्नु गलत हो ।

प्रदेश प्रमुख मियाले सुदूरपश्चिम धार्मिकरुपमा शान्त भएको बताउदै सँधै शान्त राख्न सजग भएर अघि बढ्नु पर्ने बताए ।

संघका उपाध्यक्ष चन्दा थापाले प्रदेश प्रमुख मियाको नेतृत्वमा रुपन्देहीमा केही महिना सो संस्था गठन गरिएको बताइन । उनका अनुसार सो संस्थामा नेपालमा रहेका सबै धर्मका अगुवा सम्मिलित छन् । सो संस्था देशभर धार्मिक द्धन्द्ध हुन नदिने गरेर काम गर्नका लागि स्थापना भएको पनि उनले बताए ।

कार्यक्रममा रुपन्देहीका सुरज थापा, सफर अलि मियाँ, गणेश घिमिरे, पत्रकार ऋषि आजाद, शोभाकर पौडेललगायतले प्रदेश प्रमुख मियाको नियुक्तीको लागि बधाई र कार्यकालको सफलताका लागि शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार