१५ बैशाख २०८१, शनिबार

बैतडीमा श्रीमतीको कुटेर हत्या, पालिकाका दुई कर्मचारी पनि घाइते



बैतडी/ बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले विहीबार आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

कोदालो प्रहारबाट उनकी ५६ वर्षीया श्रीमती पार्वती धामीको हत्या भएको हो। कोदालो प्रहारबाट घाइते भएकी उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दिपक गिरीले धामीकै कुटपिटबाट दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिकामा उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वर्षीय सुभास कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्ट पनि घाइते भएको जानकारी दिए।

पालिकाका कर्मचारी धामीको घरमा भाडामा बस्ने गर्दथे। अहिले घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको र थप उपचारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।

घटना र विवादबारे थप विवरण भने खुलेको छैन। कुटपिट गर्नेलाई भने जिल्ला प्रहरी कार्यालय बैतडीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार