१५ बैशाख २०८१, शनिबार

एमाले डडेल्धुराको नयाँ नेतृत्व सर्वसम्मत : अध्यक्षमा शाही



डडेल्धुरा/ नेकपा (एमाले) जिल्ला संयोजक रहेका गजेन्द्रबहादुर शाही अध्यक्ष पदमा सर्वसम्मतरुपमा चयन भएका छन् । भित्री मधेश जोगबुडाको परशुराम नगरपालिका -१२ मा रहेको परशुराम रंगशालाम भएको पार्टीको नवौं अधिवेशनबाट मंगलबार साँझ शाहीलाई अध्यक्षमा चयन गर्दै नयाँ कमिटीसमेत सर्वसम्मत रुपमा चयन भएको हो ।

जिल्ला कमिटीको उपाध्यक्षमा दुर्गा गिरी, सचिवमा सिद्धराज भट्ट, उपसचिव (महिला) मा इन्दिरा ताम्राकार, उपसचिव (खुल्ला) मा प्रकाशसिंह बोहरा निर्विरोध निर्वाचित भएका छन् । यस्तै लेखा समिति अध्यक्षमा तुलाराम पनेरु र सचिवमा लोकेन्द्र ओझा चयन भएका छन् ।

अध्यक्षमा चयन भएका शाही गन्यापधुरा गाउँपालिका–३ सकायलका निवासी हुन । शाहीले २०५३ सालमा अनेरास्ववियुको जिल्ला कमिटी उपसचिव हुँदै राजनीति सुरु गरेका थिए । त्यसपछि उनी जिल्ला सचिव हुँदै २०५९ मा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सहसंयोजक र २०६३ मा जिल्ला अध्यक्ष बनेका थिए ।

युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष समेत भएका शाहीले सोही समयमा सुदूरपश्चिम प्रदेश र लुम्बेनी प्रदेश इन्चार्जको जिम्मेवारी समेत सम्हालेका थिए । उनी २०६५ मा एमाले डडेल्धुराको जिल्ला कमिटी सदस्य भएका हुन । सङ्क्रमणकालिन अवस्थामा जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्हालेका शाही यसअघि भने जिल्ला संयोजक थिए ।

अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार