१६ बैशाख २०८१, आईतवार

समयमै दमकल पुग्दा, गुडिरहेको ट्रकको आगलागी नियन्त्रणमा



लम्की/ बर्दगोरिया गाउँपालिका १ कट्टीपुरमा गुडिरहेको ट्रकमा शनिबार एक्कासी आगलागी भएको छ । विरगंजबाट धनगढीतर्फ गइरहेको प्रदेश ३०३००१ ख ००१२ नम्बरको ट्रकमा एक्कासी आगलागी भएको हो ।

फागुन २८ गते कर्णाली चिसापानी पुलमाथि गुडिरहेको ट्रकमा एक्कासी आगलागी भएर ठूलो क्षति भएको घटना सेलाउन नपाउदै कैलालीमै पुनः अर्को लाइटर बोकेको ट्रकमा आगलागी भए पनि समयमै आगो निभाउने प्रयास भएकोले क्षति कम भएको छ ।

लाईटर, खुुर्सानी, औषधि र बच्चाको डाइपर बोकेको ट्रकमा आगलागी भएको केही समयमै दमकल पुगेर आगो नियन्त्रण गरिएको थियो ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रमुुख डिएसपी विरेन्द्र विश्वकर्माले समयमै दमकलसहित आगो निभाउन सुरक्षाकर्मी पुगेपछि ठूलो क्षति हुन नपाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार