१५ बैशाख २०८१, शनिबार

१५७ जनाले दिए प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत




काठमाडौ/ नयाँ गठवन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत पाएका छन् ।
मंगलबार उनले प्रतिनिधि सभामा विश्वासको मत मागेका थिए ।

प्रधानमन्त्रीको पक्षमा एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, जसपाका १२ , नेकपा (एकीकृत समाजवादी) का १०, नागरिक उन्मुक्ती पार्टीका तीन र स्वतन्त्रले मतदान गरेका हुन ।

नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी सहितका ११० जनाले प्रधानमन्त्रीका विरुद्धमा मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार