१७ बैशाख २०८१, सोमबार

सुदूरपश्चिम सरकारमा सामेल हुनेलाई उन्मुक्तीले कारवाही गर्ने अध्यक्ष रञ्जिताको घोषणा



धनगढी/ नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरूलाई नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरीले कारबाही गर्ने बताएकी छन् ।

निर्वाचन आयोगले रञ्जितालाई अध्यक्ष कायम गरेपछि आफूसित सल्लाह नगरेरै मन्त्री बनाइएपछि उनी आक्रोशित भएकी छन् ।

केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका सरकारलाई समर्थन गरिरहेको नागरिक उन्मुक्तिका दुई जना मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार राति सुदूरपश्चिम सरकारमा सहभागी हुँदै सपथ लिइसकेका छन्। प्रदेश सरकारमा अब उन्मुक्तीमा तीन मन्त्री र एक राज्यमन्त्री भएका छन् । नागरिक उन्मुक्तिकै भूमि व्यवस्था तथा कृषिमन्त्री रामेश्वर चौधरीको पहिलेदेखि नै मन्त्री रहेका छन् ।
रञ्जिताले अल्पमतको सरकारमा जाने पार्टीको नीति थिएन। हामी भोलि छलफल गर्छौं र उहाँहरूलाई कारबाही हुन्छ। त्यहाँका संसदीय दलका नेताले हामीसँग सल्लाह पनि नगरी निर्णय गर्नु भएको छ।

केन्द्रमा सत्ताबाट बाहिरिएको कांग्रेसले सुदूरपश्चिम सरकार जोगाउने प्रयास गरिरहेको छ। सात जना प्रदेश सभा सदस्य रहेको नागरिक उन्मुक्तिका तीन जना कैलाश चौधरी, लक्ष्मणकिशोर चौधरी र टीका थापालाई मन्त्री छनौट बारे जानकारी नरहेको बताइएको छ ।

कांग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहले यसअघि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरूलाई हटाएका थिए। उक्त स्थानमा नागरिक उन्मुक्तिबाट मन्त्री थपिएका हुन्।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका छन्। यस्तै इन्दिरा गिरीलाई कृषि राज्यमन्त्रीको जिम्मा दिइएको छ भने खुसीराम चौधरीलाई बिनाविभागीय मन्त्री बनाइएको छ।

नागरिक उन्मुक्तिकै भूमि व्यवस्थामन्त्री रामेश्वर चौधरीको जिम्मेवारी यथावत छ। कैलाश चौधरी राज्यमन्त्रीबाट फिर्ता भएका छन्। उनको ठाउँमा गिरीलाई ल्याइएको हो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार