१७ बैशाख २०८१, सोमबार

घनश्याम आर्थिक, खुसीराम विनाविभागिय मन्त्री र इन्दिरा कृषि राज्यमन्त्री नियुक्त




धनगढी/ सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो मन्त्रीमण्डलमा मन्त्री र राज्यमन्त्री थपेका छन् । उनले नागरिक उन्मुक्तीका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला, खुसीराम चौधरीलाई विनाविभागिय र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका छन् ।

मन्त्रीहरुलाई शुक्रबार राति प्रदेश प्रमुख देवराज जोशी र राज्यमन्त्री गिरीलाई मुख्यमन्त्री शाहले पद तथा गोपनियताको सपथग्रहण गराएका छन् ।

सरकार विस्तार गरे पनि मुख्यमन्त्री अल्पमतमै रहेका छन् । सरकार बहुमतमा पुग्नका लागि २७ प्रदेश सभा सदस्यको समर्थन आवश्यक हुन्छ । तर अहिले मुख्यमन्त्री शाहलाई उनकै दल कांग्रेसका १८ र उन्मुक्तीका सात जना गरेर २५ जनाको समर्थन रहेको छ ।

सरकारलाई बहुमतमा पुगाउन राप्रपाका खेमा विष्ट र स्वतन्त्र डा. तारा जोशीलाई फकाउने प्रयास जारी छ । उनीहरुका लागि नै उद्योग वन तथा वातावरण र सामाजिक विकास मन्त्रालय खाली राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार