१७ बैशाख २०८१, सोमबार

प्रदेश सरकार विस्तार हुँदै डा. जोशी र राप्रपाका विष्ट सरकारमा नजाने




धनगढी / सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले उन्मुक्तीका थप प्रदेश सदस्यलाई मन्त्रीको सपथ खुवाउदै छन् । तर सरकार टिकाउन निर्णायक रहेका स्वतन्त्र प्रदेश सभा सदस्य डा. तारा जोशी र राप्रपाका खेमा विष्ट सरकारमा नजाने भएका छन् ।

यद्यपी जोशी र विष्टका { सरकारमा सामेल हुने विश्वास गरेर क्रमश सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्राालय खाली छोडिने भएको छ ।

उन्मुक्तीका संसदीय दलका नेता घनश्याम चौधरीले आर्थिक मामिला मन्त्रालय, खुसिराम चौधरीलाई विना विभागीयमन्त्री र इन्दिरा गिरी कृषि राज्यमन्त्री नियुक्त गरिने भएको छ । कृषि राज्यमन्त्री कैलास चौधरीलाई फिर्ता बोलाइदै छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार