२० बैशाख २०८१, बिहीबार

धनगढी कभर्डहलमा सेना दिवस मनाइने



धनगढी/ नेपाली सेनाले स्थापना दिवस मनाउने भएको छ। नेपाली सेनाले हरेक वर्ष आफ्नो स्थापना दिवस महाशिवरात्रीको दिन मनाउदै आएकोमा यसपाली पनि दिवस मनाइदै छ।

सोही अनुरुप सुदूरपश्चिमको धनगढीमा महाशिवरात्रीको दि सेना दिवस मनाउने तयारी छ। श्री सुदूरपश्चिम पृतना हेड क्वाटरद्वारा “महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६१ औं वार्षिक उत्सवको अवसरमा धनगढीस्थित कवर्ड हलको खेल मैदानमा फागुन २६ गतेदेखि २८ गतेसम्म विभिन्न कार्यक्रम गरि मनाइने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार