१७ बैशाख २०८१, सोमबार

मुख्यमन्त्रीले गरे सुदूरपश्चिममा माओवादीका सबै मन्त्री बर्खास्त



धनगढी / धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माओवादी केन्द्र ) का दुई जना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।

केन्द्रमा कांग्रेस – माओवादीको गठबन्धन भंग भएर एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री शाहले उनीहरूलाई बर्खास्त गरेका हुन् ।

बर्खास्त हुनेमा उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माल रहेका छन् ।

मुख्यमन्त्री शाहले पत्रकार सम्मेलन गरेर उनीहरुलाई हटाएको जानकारी गराएका हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार