१७ बैशाख २०८१, सोमबार

नेपालका लागि पर्यटन दुतमा भण्डारी नियुक्त



युरोप/ नेपालका लागि माल्टा पर्यटन दुतमा प्रकाश भण्डारी नियुक्त भएका छन् । फागुन १३ गते नेपाल सरकार मन्त्री परिषद्को संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको निर्णयानुसार भण्डारी माल्टाका लागि पर्यटन दुतमा नियुक्त नियुक्त भएका हुन् ।

युरोपको माल्टा देशका लागि पर्यटनदुतमा नेपाल सरकारले नियुक्त गरेपछि आफूलाई धेरै खुसी लागेको भण्डारीले बताएका छन् । नेपालको पर्यटन प्रबद्र्धनमा आफू लागि परेको र नेपाल सरकारले मलाई विश्वास गरेर जिम्मा दिएपछि सक्रिय भएर इमानदारीताका साथ जिम्मेवारी पूरा गर्ने उनले बताए ।

नेपालको बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नम्बर ११ मनेवा घर भएका भण्डारी २०१६ मा रोजगारीको सिलसिलामा माल्टा आएका थिए । माल्टामा गैर आवासीय नेपाली संघ गठनको लागि भूमिका खेलेको बताउने उनले २०१९ देखि २१ सम्म एनआरएनए माल्टाको उपाध्यक्षको जिम्मेवारी समेत सम्हाली सकेका छन् ।

हाल भण्डारी युरोप युवा संयोजक र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाको सल्लाहकारको भूमिकामा रहेकाछन् । नेपाल माल्टा च्यारेटी अर्गनाइजेशनको संयोजक भएर भण्डारीले २०२३ अप्रिल १६ तारीखका दिन माल्टाको राजधानी भेलेटामा नेपाल डे सेलेब्रेसन नेपाल दिवस भब्यरुपमा मनाउन सफल भएका थिए ।

२०२४ मा पनि नेपाल डे सेलेब्रेसन भब्यरुपमा मनाउने तयारी भईरहेको भण्डारी बताउछन् । २०२४ को अगस्टमा माल्टाबाट विदेशी टोली लिएर पर्यटन प्रबद्र्धनका लागि नेपाल भ्रमणमा जान लागेको उनले बताए ।

नेपालको पर्यटन प्रबद्र्धनमा विदेशमा रहेका सबै नेपाली एक भएर लाग्नुपर्नेमा भण्डारीले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार