१७ बैशाख २०८१, सोमबार

एनआरएनएद्धारा गायक भिटेन सम्मानित



(युरोप)/ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाद्धारा र्यापर गायक समिर घिसिङ (भिटेन) सम्मानित भएकाछन् । गायक भिटेनले नेपाली गीतसंगीत र कला क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै बुधबार माल्टामा सम्मानित भएकाहुन् ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाको कार्यालयमा भएको एक कार्यक्रममा गायक भिटेन सहितको टोलीलाई सम्मान गरिएको हो । एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल ९रेम्स० ले गायक भिटेन सहितको उनको ४ जनाको टोलीलाई खादा ओढाएर सम्मान पत्रले सम्मान गरेका थिए ।

सम्मानित भएपछि भिटेनले खुसी हुँदै आफू र आफ्नो टोलीलाई सम्मान गर्ने एनआरएनए माल्टालाई धन्यवाद् दिएका थिए । टिम डाईनामिगले फेब्रुरी २३ तारीखका दिन आयोजना गरेको भिटेन साँझ कार्यक्रममा आफ्नो प्रस्तुती दिन भिटेन सहितको टोली माल्टामा आएको थियो ।

युवाहरुले निकै रुचाएका गायक भिटेनलाई तामाङ समाज माल्टाले एक कार्यक्रम आयोजना गरेर सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार