२० बैशाख २०८१, बिहीबार

प्रदेशका आर्थिकमन्त्री शाहीको निर्देशन पूँजीगत खर्च बढाउ



धनगढी / सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेश बहादुर शाहीले पूँजीगत खर्च कार्यान्वयनमा सुधार गर्न निर्देशन दिएका छन । प्रदेश लेखा नियन्त्रण कार्यालयले मंगलबार आयोजना गरेको लेखा तथा बेरुजु सम्बन्धि कार्यक्रमको उद्घाटन गर्दै मन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन ।

जहिले पनि पूँजीगत बजेट कार्यान्वयन भएन भनेर आलोचना हुने गरेको छ । यसपाली पूजीगत बजेटको कार्यान्वयनको अवस्थामा विगत भन्दा सुधार देखिनुपर्छ मन्त्री शाहीले भने । त्यसो भन्नुको मतदल फेरि कागजात नै नपुगेको वा अधुरा कामको भुक्तानी गर्नुस भन्ने चाई होइन ।

मन्त्री शाहीले धेरैजसो बेरुजु असुल उपर गर्नुपर्ने भन्दा पनि प्रकृया नमिलेर गरिएको भुुक्तानीमा आएको बताए । ‘कागजात पुराएर नियमसँगत रुपमा भुक्तानी भयो भने बेरुजुपनि घटछ’ उनले थपे ।

उनले प्रदेश सरकारको सम्पत्तिलाई लेखा समितिले व्यवस्थापन गर्नुपर्ने बताउदै प्रदेशको विकास र पारदर्शिताका लागि सबैले लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार