१२ बैशाख २०८१, बुधबार

इलाम २, र बझांगको प्रदेश सभा क मा १५ वैशाखमा उपचुनाव



काठमाडौं/ प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र बझांग क्षेत्रनम्बर १ प्रदेश सभा क मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगको आइतबार बसेको २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो ।

यो क्षेत्रबाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएको थियो ।

यस्तै बझाङको प्रदेशसभा निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको २५ असार २०८० मा गाडी दुर्घटनामा निधन भएको थियो ।

सरकारको परामर्शमा उपनिर्वाचनको मिति निर्धारण गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार