१९ बैशाख २०८१, बुधबार

एमाले अध्यक्षमा पाण्डे र ढुंगाना दुवै जित्नेमा ढुक्क, उपाध्यक्षमा शाही, सचिवमा चौधरी र उपसचिवमा भट्ट विजयी हुने




धनगढी/ नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि शुक्रबार बिहानदेखि भएको मतदान अबेर राति पूरा भएको छ ।

घोडाघोडी बहुमुखी क्याम्पस सुखडको सभाहलमा भएको मतदान मा आयोजक कमिटीसहित पाँच सय ७८ जनाले मतदान गरेका छन् । सो अधिवेशनका लागि पाँच सय ९१ जना मतदाता थिए ।

एमालेको नेतृत्वका लागि अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र यज्ञराज ढुंगानाले प्यानलसहित उम्मेदवारी दिएका थिए ।

अध्यक्षमा पाण्डे र ढुंगानाको कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ भने जोशीले १०० मत पनि पाउन कठिन छ । । उपाध्यक्षमा लोकेन्द्र शाही, सचिवमा ममताप्रसाद चौधरी र उपसचिवमा चुडामणी भट्ट जित्ने निश्चित जस्तै छ । यद्यपी सचिवमा युवा नेता विष्णु चन्दले कडा प्रतिस्पर्धा गर्ने अुमान गरिएको छ ।

पाण्डे र जोशी पक्षले अध्यक्षमण्डलका अध्यक्ष तथा एमालेका पोलिटव्युरो सदस्य र कैलाली इन्चार्ज गणेश ठगुन्ना निश्पक्ष भूमिका नखेलेर चुनाव लम्वाएर आयोजक कमिटीलाई अपठ्यारो पार्न खोजेर ढुंगानाका पक्षमा माहौल बनाउन खोजेको आरोप लगाएका छन् । हुन पनि अधिवेशन शुरु भएको ६ दिनपछि मात्र ठगुन्नाले चुनाव गर्न सफलता पाएका थिए । वागमती प्रदेशको पाठ सिकेर उनले चुनावी कार्यक्रम लम्वाएको अनुमान सुख्खडमा मतदाताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार