६ जेष्ठ २०८१, आईतवार

विद्युतीय धराप (एम्बुस) विष्फोट हुँदा चार घाइते



धनगढी/ विद्युतिय धराप भीमदत्त राजमार्ग अन्तर्गत पर्ने चुरे गाउँपालिका ३ भासुभीर नजिकै बाटो खन्ने क्रममा बुधवार साँझतिर विद्युतीय धराप (एम्बुस) विष्फोट हुँदा चार जना घाइते भएका छन् ।

प्रहरीले द्धन्दकालीन समयमा राखिएको विद्युतीय धराप (एम्बुस) विष्फोट भएको अनुमान गरेको छ ।

सडक चौडा तथा मर्मत गरिरहेको जेसिबीले सडक खन्ने क्रममा अचानक एम्बुस विष्फोट हुँदा चालक सहित चार जना घाइते भएका छन् । घाइते हुनेमा जेसिबी चालक कैलालीका ४५ वर्षीय वसन्त खडायत, कञ्चनपुरका नवीनदेव अवस्थी र सुर्खेतका २२ वर्षीय हिरा थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए ।

घाइते चार जना मध्ये जेसीवी चालक डडेल्धुराको आलिताल गाँउपालिका ८ का २४ वर्षीय विकास थापाको अवस्था सामान्य रहेको छ । थापाको सहजपुरस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । अन्य तीन जना घाईतेको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

द्धन्दकालमा सो क्षेत्रमा तत्कालिन विद्रोही माओवादी र नेपाली सेनाबीच पटकपटक लडाइँ भएको थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार