२१ बैशाख २०८१, शुक्रबार

एक किलो चरेससहित बझाङका धनबहादुर धनगढीमा आरआइटीको फन्दामा



धनगढी / धनगढीमा लागुऔषध चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बझाङको बित्थडचिर गाउँपालिका–२ का ४० वर्षीय धनबहादुर बोहरा रहेका छन्।

बोहरालाई धनढीको ट्राफिक चौराहबाट सुदूरपश्चिम प्रदेश अनुुसन्धान समूह(आरआइटी) को टोलीले लागुऔषध चरेशसहित नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार बोहराको साथबाट एक किलो ४२ ग्राम चरेश बरामद गरिएको छ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बोहराले सुपप्र ०४००१ प १४६७ नम्बरको मोटरसाइकलमा काटुनमा लुकाएर लगिरहेको अवस्थामा चरेशसहित पक्राउ परेका हुन् ।

बोहरालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार