६ जेष्ठ २०८१, आईतवार

सशस्त्र प्रहरीको ३४ गण कैलालीद्धारा १७ औँ स्थापना दिवस मनाइयो



धनगढी/ सशस्त्र प्रहरीको ३४ गण कैलालीले १७ औँ स्थापना दिवस मनाएको छ । २०६४ सालमा कैलाली जिल्लाको कमाण्ड सम्हाल्नेगरि सरकारले स्थापना गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले शनिबार १७ औँ स्थापना दिवस मनाएको हो ।

धनगढीस्थित कार्यालय परिसरमा हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीको अध्यक्षता तथा सशस्त्र प्रहरीको अत्तरियास्थित बैद्यनाथ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महारीक्षक (डिआईजी) कुमार न्यौपानेको प्रमुख आथित्यतामा दिवस मनाइएको हो ।

सशस्त्रको स्थापना दिवसमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । औपचारिक समारोहमा सशस्त्र प्रहरी नायब महानिरीक्षक न्यौपानेले केके पनि काटेका थिए ।

दिवसको अवसरमा सशस्त्र प्रहरीले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेता तथा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी र विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान समेत गरेको छ भने कार्यक्रममा सुदूरपश्चिमका मौलिक संस्कृति झल्किने सांस्कृतिक प्रस्तुती समेत राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार