२० बैशाख २०८१, बिहीबार

देउडा संस्कृतिलाई आम्दानीको स्रोत बनाऔ : मन्त्री धामी



धनगढी/ सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले आगामी बजेटमा डेउडा आइडल आयोजना गर्न बजेट छुट्याउने बताएका छन् ।

धनगढीमा बुधबार साँझ आयोजित डेउडा आइडल सम्वन्धी विषेश भेटघाटमा मन्त्री धामीले कला, संस्कृति, परम्परा जोगाउनेका काम सरकारको भएको बताउदै अहिले विभिन्न संस्थाहरुले त्यस्तो काम गरेर राम्रो गरिरहेको बताए ।

उनले यस्ता कला, संस्कृति, परम्परा जोगाएर पर्यटन क्षेत्रसंग जोडेर आम्दानी बढाउनु पर्ने पनि बताए ।

नेकपा (एमाले) का प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले देउडा आइडलले देउडा संस्कृति जोगाउन ठूलो भूमिका खेल्ने बताए ।
सो अवसरमा महेश आउजी लगायतले विभिन्न देउडा लगायतका कलाकारले सांस्कृतिक प्रस्तुती गरेका थिए ।

सो अवसरमा कला, संस्कृतिप्रमी दिलादत्त पन्तले डेउडाको महत्व बारे प्रकाश पारेका थिए ।

फागुनको पहिलो हप्ताबाट शुरु हुने डेउडा आइडल २०८० मा सुदूर र कर्णाली प्रदेशमा गायन प्रतिभा भएका करिब दुई हजारभन्दा बढी व्यक्तिहरु प्रत्यक्ष जोडिने अपेक्षा लिइएको आयोजक संस्था देउडा सांस्कृतिक मञ्चका अध्यक्ष महेश औजीले बताए । ती मध्ये दुई सयले प्रदेश तहको मञ्चमा पहुँच पाउने छन् ।

सेमिफाइनल र फाइनल चरणको छनौटमा पर्ने सहभागीले राष्ट्रियस्तरको मञ्च मात्रै प्राप्त गर्ने छैनन गीत, संगीतको भविश्य कोर्ने बाटोसमेत तय गर्नेछन् उनले भने, नेपाल मात्र नभई विश्वभर छरिएर रहेका डेउडा संस्कृतिलाई मन पराउने सबैलाई यसले समेटिने हुँदा आफूलाई डेउडा भाका गाउन मन लागेका व्यक्तिहरूलाई सजिलै डेउडा आइडलको मञ्चमा स्थान दिइने छ ।

लोक डेउडा गीतको सम्बर्दनका लागि अर्थात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा डेउडा गीतको पहिचान स्थापित गर्न एक सशक्त उपायका रुपमा पहिलो डेउडा आइडल गर्न लागिएको हो । विधागत रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गरेर सुदूरपश्चिमेली गीत, सङ्गीत, कला संस्कृतिको पहिचान र विस्तारका लागि डेउडा आइडल महत्वपूर्ण कडी बन्ने अध्यक्ष औंजीले विश्वास व्यक्त गरे ।

हरेक क्षेत्रको साथ समर्थन र सहयोको अपिल गर्दै डेउडा आइडल कार्यक्रम २०८० मा जोडिन आयोजक सस्था देउडा सास्कृतिक मञ्चले अपिल गरेको छ । देउडा सुदूरपश्चिम र कर्णाली प्रदेशमा निक्कै लोकप्रिय छ ।


प्रतिक्रिया दिनुहोस्
विशेष समाचार