१५ बैशाख २०८१, शनिबार

संघ र प्रदेश सरकारका गतिविधीले संघीयता विरोधी सलबलाए





संविधानले व्यवस्था गरेका अधिकारको व्यवस्थित गर्न लाग्नु पर्छ । कानुनहरुलाई व्यवस्थित गर्न सकिएको छैन । संघिय निजामती ऐन र प्रहरी ऐन लगाएतका ऐन संघिय सरकारले पास नगर्दा व्यवस्थाप्रति प्रश्न उठेको छ ।

संघिय सकारले विभिन्न बहानामा प्रदेशमाथि डण्डा वर्षायो र संघियता विरोधीहरुलाई बल पुराउने कार्य गरियो । रास्वपा लगाएतका प्रतिगामीतत्वले संघीय लोकतान्त्रीक गणतन्त्रलाई उल्टाउन प्रयास गरिरहेका छन् । जनताहरुमा निराशा पैदा हुने वातावरण बन्न नदिन प्रदेश सरकारलेदेखिने गरेर काम गर्नुपर्छ ।

सधै विकासमा पछाडि पारिएको सुदूरपश्चिमलाई प्रदेशको संरचना बने पश्चात विकासका धेरै काम भएका छन् । सयौं वर्षदेखि सुदूरपश्चिममा एक हजार किलोमिटर सडक माात्रै कालो पत्रे थियो । हाम्रो सामु छर्लगं छ, २०७४ साल यता मात्रै प्रदेश सरकारले एक हजार किलोमिटर भन्दा बढी कालो पत्रे गरेको छ ।

हाम्रै अगाडि कैलाली पुलदेखि क्याम्पस रोडसम्म प्रदेश सरकारले सडक बनाउँदै छ । यो सडक अघिल्लो सरकारका पालामा हामीले बनाउन शुरु गरेका छौं । बाजुराको मार्तडीदेखि कोल्टी, मार्तडी, खप्तड सडक, अछामको जंगलघाट गैरीटाड बडिमालिका सडक, डोटीको झिंग्राना खप्तड, दार्चुलाको खारखलंगा सडक, बैतडीको तल्लोसोडार, डडेल्धुरा विभिन्न सडकहरु कालो पत्रे भएका छन् केही हुने चरणमा छन् । धेरै सडक पक्कीपुलहरु बनेर उद्घाटन भएका छन् । के संघियताले केही दिएन र ? हो प्रदेश सरकारले प्रदेश सभालाई बन्दक बनाउन हुँदैन । सरकारले पूर्णरुपमा काम दिनुपर्छ । प्रदेश सभाप्रति सरकार उदासीन हुन खोजेको छ, त्यसो गर्नु हुँदैन ।

प्रदेश सभाले आफ्नो सातौैं स्थापना दिवस मनाइरहँदा सरकारका मुख्यमन्त्री, मन्त्रीहरु उपस्थित हुन नसक्नु गम्भीर विषय भएको हो । हो उहाँहरु काम विशेषले आउन सक्नु भएन होला । तर धनगढीका बैठक काठमाण्डौं गर्नु पर्ने अवस्था किन आयो । प्रदेशमा लगानी सम्मेलनका नाममा भएका बैठकहरुले परिणाम दिन सक्नु पर्नेपर्छ । यस्ता सम्मेलन संघ सरकारले तीन पटक गरीसकेको छ । प्रदेश सरकारले दुई पटक गरेको छ । तर परिणाम शुन्य छ । यो सम्मेलन पनि कतै त्यस्तै त हुने हैन । सम्मेलनले परिणाम दिए मात्र काठमाडौका तयारी बैठकले सार्थकता पाउने छ ।

प्रदेश सभा र सरकारको तादम्यता मिल्नुपर्छ । हामी सबै एउटै डुंगामा सवार गरीरहेका छौं । कतै एउटै डुंगामा सवार गरेर प्वाल पार्न लागिएको त होइन । एकपटक सोच्नुस् त त्यो डुंगामा प्वाल पारियो भने हामी सबै डुब्नेवाला छौं । एकातिर संघियता विरोधी सलबलाएका छन् । जनताहरुमा निराशा पैदा गर्न उनीहरु सक्रिय भएका छन । हाम्रा गतिविधि यस्तै हुने र सुध्रिएनौं भने के हुन्छ ? हामी यसरी अघि बढेउ भने संविधानको मर्मलाई बचाउन सक्छौं त ?

(आइतबार धनगढीमा भएको सुदूरपश्चिम प्रदेश सभा दिवसका अवसरमा पूर्वमन्त्री तथा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीले दिएको मन्तव्यमा आधारित )

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार