२३ बैशाख २०८१, आईतवार

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल निर्विरोध अध्यक्ष



टीकापुर, पुस २७ गते/ नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनमा पार्टीका संरक्षक रेशमलाल चौधरी निर्विरोध अध्यक्ष भएका छन् । विहीबारदेखि टीकापुरमा शुरु भएको अधिवेशनको बन्द सत्रमा अध्यक्षमा रेशमलाल चौधरीको एकल उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन अधिकृत गीता चौधरीले अध्यक्षमा रेशमलाल चौधरी र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरीको मात्रै उम्मेदवारी परेको जानकारी दिइन । उनले उम्मेदवारी दर्ताको समय सकिएर दावी विरोधको समय छ ।

नागरिक उन्मुक्ति पार्टी २०७८ फागुनमा खुलेको थियो । त्यतिबेला जेलमा रहेका रेशमलाल चौधरीले आफू संरक्षक र श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष तोकेका थिए । पहिलो पटक निर्वाचन लडेको नागरिक उन्मुक्ति पार्टीले २०७९ सालको स्थानीय निर्वाचनमा कैलालीका चार पालिका प्रमुख जितेको थियो ।

प्रतिनिधि सभा निर्वाचनमा पनि कैलालीका तीन र बर्दियामा एक गरेर चार स्थान जितेको थियो । उन्मुक्तीले कैलालीका चार प्रदेश सभा सदस्य प्रत्यक्ष र समानुपातिकामा तीन प्रदेश सभा सदस्य पनि जितेको छ ।

हालको सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीको सङ्घीय सरकारमा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय पाएको छ । मन्त्री रेशमलाल चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ छन् । यस्तै सुदूरपश्चिम प्रदेश सरकारमा पनि एक मन्त्री, एक राज्यमन्त्री र एक प्रदेश सभाको विषयगत समिति पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार