२४ बैशाख २०८१, सोमबार

विद्यार्थीलाई आकर्षण गर्ने गरेर काम गरौ : प्रदेश सांसद पाठक



फूलबारी/ चन्द्रोदय माध्यमिक विद्यालय फूलबारीको को ४४औ बार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ ।

वार्षिकोत्सव समारोहका प्रमुख अथिति सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा एमाले नेता धर्मराज पाठकले सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नु आजको प्रमुख चुनौती भएको बताएका छन ।

उनले सार्वजनिक विद्यालयमा राज्यको ठूलो लगानी रहे पनि गुणस्तर कमजोर बन्दै गइरहेको तर्फ बेलैमा शिक्षक र अभिभावक दुबैले सजग हुनुपर्ने बताए ।

प्रदेश सभा सदस्य पाठकले सार्वजनिक विद्यालयमा हरेक वर्ष घटिरहेको विद्यार्थी संख्या चिन्ताजनक रहेकोले विद्यालयमा विद्यार्थी टिकाउने र नयाँ आकर्षण बढाउन नया योजनाका साथ विद्यालय संचालन हुनुपर्ने बताए ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले चन्द्रोदय माध्यमिक विद्यालयलाई उपमहानगरपालिकाले नमुना विद्यालयको रुपमा अगाडि बढाउने गरेर काम शुरु गरेको बताइन ।

कार्यक्रममा चन्द्रोदय माध्यमिक विद्यालयका सस्थापक तथा फूलबारी गाविसका पूर्वअध्यक्ष दिनेशचन्द्र सुवेदी र वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालयका प्रधानाध्यापक शुभचन्द्र सुवेदीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय व्यस्थापन समितिका अध्यक्ष सुरज परियारको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार