२४ बैशाख २०८१, सोमबार

बालकुमारीमा मारिएका शाहको परिवारलाई कोरिया बस्ने नेपालीको झण्डै आठ लाख सहयोग



धनगढी / ईपीएस भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको आन्दोलनका क्रममा ललितपुरको बालकुमारीमा भएको प्रर्दशनका क्रममा प्रहरीको गोलीबाट मारिएका वीरेन्द्र शाहको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

प्रहरीको गोलीबाट मारिएको अछामको चौरपाटी गाउँपालिका–१ सिउडीका शाहको परिवारलाई कोरियामा बसोबास गर्दै आएकाहरुले सात लाख ५७ हजार रुपैयाँ संकलन गरेर उनको परिवारलाई हस्तान्तरण गरेको हो । साथै सोहि बराबरको रकम दैलेख्का सुजन रावतका परिवारलाई दिईएको छ ।

हाल कोरिया धनगढी उपमहानगरपालिका–१ बस्ने भीमबहादुर सिंहले सिउडी शाह युवा समाज धनगढीको समन्वयमा प्रवासीहरुबाट सहयोग रकम संकलन गरेर पठाएका हुन् ।

रकम संकलनमा एनआरएनको दक्षिण कोरियाको उपाध्यक्ष महेश बजगाई समेतले संकलन गरि पठाएको रकम बुधबार अछाम सेवा समितिले धनगढीका मेयर गोपाल हमालमार्फत मृतकका बुवा टेकबहादुर हस्तान्तरण गरेका हुन् । साथै सामाजिक अिभयान्ता ईशा गुरूङले समेत बिरेन्द र सुजनका परिवारलाई १र१ लाख सहयोग गरेकि छन ।

सिउडी शाह युवा समाजका उपाध्यक्ष भूपेन्द्र शाहले सहयोग रकम बराबरको चेक मेयर हमालले मृतकका बुवालाई हस्तान्तरण गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार