५ आश्विन २०८१, शनिबार

राष्ट्रियसभामा उम्मेदवारी दिएका कांग्रेसका भट्टविरुद्ध उजुरी



धनगढी/ सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा उम्मेदवारी दिएका नेपाली काँग्रेसका नारायणदत्त भट्ट विरूद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

सत्तारुढ गठबन्धनकातर्फबाट आपांगतातर्फ आइतबार उम्मेदवारी दिएका भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले उजुरी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कांग्रेस कैलालीका जिल्ला सभापति समेत रहेका भट्टविरुद्ध शारीरिक अपांगताको विषयलाई लिएर उजुरी दर्ता भएको प्रादेशिक निर्वाचन कार्यालयका प्रमुख प्रेमदत्त भट्टले जानकारी दिए ।

भट्टले कृते अपांगता परिचय पत्र लिएको भन्दै उम्मेदवारी खारेज हुनुपर्ने मागसहित उजुरी परेको जनाएको छ । सो उजुरीमाथि निर्वाचन अधिकृतले २६ पुसभित्र निर्णय गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार