३ जेष्ठ २०८१, बिहीबार

राष्ट्रिय सभा सदस्यका लागि एमालेका उम्मेदवारद्धारा उम्मेदवारी दर्ता



धनगढी/ सुदूरपश्चिममा नेकपा (एमाले) का तर्फबाट राष्ट्रिय सभा सदस्यका लागि सोमबार तीन जनाको मनोनयन भएको छ ।

एमालेबाट अन्य समूहतर्फ कञ्चनपुरका ईश्वरीप्रसाद खरेल, महिलाबाट कैलालीकी सावित्री घिमिरे र अपाङ्ग तथा अल्पसंख्यक कैलालीकै रामचन्द्र जोशीले उम्मेदवारी दर्ता गरेका छन् ।

सो अवसरमा एमालेका पोलिटव्यूरो सदस्यहरु राजेन्द्रसिंह रावल, निरुदेवी पाल, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी लगायतका एमालेका नेता, कार्यकर्ताको ठूलो उपस्थिति रहेको थियो ।

खरेल केन्द्रीय लेखा आयोग सदस्य हुनुहुन्छ भने घिमिरे अनेमसङ्घ कैलालीकी पूर्वअध्यक्ष हुन । जोशी एमालेको भातृ सङ्गठन अपाङ्ग संघका केन्द्रीय सदस्य हुन ।

उम्मेदवारी दर्तापछि आफूहरु चुनाव जित्ने दावी उम्मेदवार खरेलले गरे । भने पोलिटव्यूरो सदस्य रावल र प्रदेश अध्यक्ष जैसीले पनि गठवन्धन र त्यस भित्रका दलभित्र आफैमा विभाजन रहेकोले आफूहरुले नै चुनाव जित्ने दावी गरे ।

यद्यपी गठवन्धन र एमालेबीच तीन हजार मतभारको फरक छ ।

सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यका सदस्यहरु नेकपा (माओवादी केन्द्र) का हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा (एमाले) का ईन्दु कडरियाको पदावधि सकिन लागेपछि चुनाव हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार