१७ बैशाख २०८१, सोमबार

काँग्रेसले छान्यो राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार



अपाङ्ग तथा अल्पसंख्यक कोटाबाट कैलाली कांग्रेसका सभापति नारायाण भट्ट बने उम्मेदवार

धनगढी/ नेपाली कांग्रेसले आफ्नो भागमा परेका सातै प्रदेशका १० जना उम्मेदवार छनौट गरेको छ । सुदूरपश्चिममा भने कांग्रेसका पुराना नेता बलदेव बोहरा र काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट उम्मेदवार बनेका छन ।

सुदूरपश्चिममा गठवन्धनबाट यसअघि नै माओवादीले रेनु चन्दलाई उम्मेदवार बनाएको छ । काँग्रेसले आइतबार राति मात्रै आफ्नो भागका उम्मेदवार छानेको हो । काँग्रेसले अन्यबाट कञ्चनपुरका बोहरा र अपाङ्ग तथा अल्पसंख्यक कैलालीका भट्टलाई उम्मेदवार बनाएको हो ।

बोहरा कांग्रेसका कञ्चनपुर सभापति, जिल्ला विकास समितिका सभापति र संविधान सभा सदस्य पनि हुन । उनी कांग्रेस सभापति शेरबहादुर देउवाका समकक्षी हुन । देउवालाई सुदूरपश्चिम कांग्रेसमा सबैले दाई भन्छन् तर बोहराले मात्र शेरबहादुरजी भन्नुहुन्छ कांग्रेस कैलालीका सचिव केशव मिश्रले बताए । यस्तै कैलालीका भट्ट दोस्रो जनआन्दोलनबाट घाइते भएर अपांग हुन ।

सातै प्रदेशका उम्मेदवारको मनोनयन आज (सोमबार) नै हुने भएको छ ।

एमालेले पनि तीन पदको लागि तीन उम्मेदवारको आइतबारै टुङ्गो लगाएको थियो । अन्यबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल, महिलाबाट कैलालीकी सावित्री घिमिरे र अपाङ्ग तथा अल्पसंख्यक कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवार बनाएको एमालेका प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले बताए । खरेल केन्द्रीय लेखा आयोग सदस्य हुन भने घिमिरे अनेमसङ्घ कैलालीकी अध्यक्ष हुन्न् । जोशी एमालेको भातृ सङ्गठन अपाङ्ग संघका केन्द्रीय सदस्य हुन् ।

काँग्रेसले अन्यबाट कञ्चनपुरका बोहरा र अपाङ्ग तथा अल्पसंख्यक कैलालीका भट्टलाई उम्मेदवार बनाएको हो ।

काँग्रेस र एमालेले अन्य र अपाङ्ग तथा अल्पसंख्यक क्षेत्रबाट कैलाली र कञ्चनपुरका उम्मेदवार बनाएको छ । अन्यमा कञ्चनपुरबासी कांग्रेसका बोहरा र खरेल तथा अपाङ्ग तथा अल्पसंख्यकमा कैलालीबासी कांग्रेसका भट्ट र एमालेका जोशी भिड्दै छन् ।

सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा (एमाले) का ईन्दु कडरियाको पदावधि सकिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार