२२ बैशाख २०८१, शनिबार

संविधान सभाका सदस्य श्रीपाइली सम्मानित




धनगढी/ संविधान सभाका सदस्य हरी श्रीपाइलीलाई शुक्लाफाँटा नगरपालिका–८ को नौखरी कृषि सहकारी संस्थाले सम्मान गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले सो संस्थाको दोस्रो वार्षिक साधारण सभाको अवसरमा संविधान सभा सदस्य श्रीपाइलीलाई प्रमाणपत्र सहित सम्मान गरेका थिए ।

श्रीपाइलीले कमैया मुक्ती र मुक्त कमैयाका अधिकारका लागि भूमिका खेलेको कदरसहित सम्मान गरिएको सम्मानपत्रमा उल्लेख छ ।

मुक्त कमैयाहरुले सञ्चालन गरेको सो सहकारीले वार्षिक १४ लाख जतिको कारोवार गर्दे आएको छ । सो संस्थाका १५० जना शेयर सदस्य छन् ।

सहकारीका अध्यक्ष राजकुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडाअध्यक्ष बहादुरसिंह महरा, मुक्त कमैया महिला विकास मञ्चका इन्द्र चौधरी लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार