१७ बैशाख २०८१, सोमबार

सुदूरपश्चिम प्रदेश सभाले एक वर्षपछि पुस २५ गते सभापति पाउँदै



धनगढी/ सुदूरपश्चिम प्रदेश सभाका चारवटा संसदीय समितिहरुका सभापतिको निर्वाचन पुस २५ गते बुधबार दिउँसो १ बजे हुने भएको छ । प्रदेश सभाले आइतबार जरुरी सूचना प्रकाशित गरेर सभापतिको निर्वाचनको जानकारी गराएको हो ।
आइतबार प्रदेश सभाका सचिव देवहादुर बोगटीले जारी गरेको सूचना अनुसार पुस २४ गते सभापतिका उम्मेदवारको मनोनयन र २५ गते निर्वाचन हुने भएको छ ।
यसअघि असोज १२ गते हुने भनिएको सभापतिको चुनाव अन्तिम समयमा स्थगित गरिएको थियो । सभामुख भीमबहादुर भण्डारीले यसपटक भने निर्वाचन स्थगित नहुने बताए । मैले निर्विरोधरुपमा सभापति छान्न दलहरुलाई आग्रह गरेको छु उनले भने ।
सुदूरपश्चिम प्रदेश सभामा विधायन तथा प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास गरेर चार वटा संसदीय समितिहरु रहेका छन् । चार वटामध्ये सार्वजनिक लेखा समितिको सभापति भने प्रतिपक्षी दलबाट रहने व्यवस्था रहेको छ ।
सुदूरपश्चिम प्रदेश सभा ५३ जनाको हुने भए पनि वझाङ क्षेत्र नम्बर १ प्रदेश सभा (क) बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घट्ना परेर मृत्यु भएकोले अब प्रदेश सभामा ५२ सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार