१७ बैशाख २०८१, सोमबार

अनुमोदनका कार्यकारी सम्पादक शाह सम्मानित



धनगढी/ हिमशिखर सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभामा अनुमोदन दैनिकका प्रकाशक तथा कार्यकारी सम्पादक प्रकाशविक्रम शाह सम्मानित भएका छन् ।

शाहले सहकारीका क्षेत्रमा कलम चलाएर उत्कृष्ट योगदान पुर्याएको भन्दै नगदसहित सम्मानित गरेको हो ।

शाह झण्डै २५ वर्षदेखि पत्रकारितामा सक्रिय छन् । उनी गोरखापत्र दैनिकका सुदूरपश्चिम समाचार संयोजक पनि हुन ।

गोरखापत्र सञ्चालक समिति सदस्य समेत रहेका काम गरेका शाह नेपाल पत्रकार महासंघका सुदूरपश्चिम संयोजक र केन्द्रीय सदस्य पनि भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार